दुई दल मिलेर मात्रै संविधान संशोधन गर्छौँ भन्नु गलत : डा. शेखर कोइराला

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस र एमाले मिलेर मात्रै संविधान संशोधन नहुने बताएका छन् ।

केही दलहरु मिलेर बहुमत पुर्‍याएर संविधान संशोधन गर्न नहुने, सबै दललाई मिलाएर मात्रै संविधान संशोधनको कुरा अघि बढाउनुपर्नेमा जोड दिए ।

बुधबार बिहान विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरुसँग कुरा गर्दै नेता कोइरालाले सो कुरा बताएका हुन् ।

‘संविधान भन्नेबित्तिकै नेपाली कांग्रेस र एमाले मात्रै हुँदैन । नेपाली कांग्रेस र एमालेले सुरु गर्ने कुरा होला तर माओवादी, मधेशवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ,’ उनले भने ।

त्यस्तै देशको मुल संविधान जस्तो विषय दुई तिहाईको दम्ब देखाएर संशोधन गर्छु भन्नु गलत रहेको बताए । संविधान संशोधनका लागि साझा धारणा आवश्यक रहेको बताउँदै उनले भने, ‘यो यस्तो डकुमेन्ट हो जो कि सबैलाई पाच्य हुनुपर्छ । अनिमात्रै हुन्छ ।

दुई तिहाइ बनाएर गर्दिन्छौं भन्नु गलत हुन्छ । कांग्रेस एमालेबीच अलिअलि छलफल भएको छ तर त्यतिले हुँदैन । यो सबैको माझामा जानुपर्छ । अरु दलहरुसित पनि छलफल गर्नुपर्छ । त्यसरी जानुप¥यो नि त ।’

त्यस्तै अध्यादेशबाट देश चलाउछु भन्नु निरंकुश प्रवृत्ति रहेको समेत उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?