‘भैरहवा र पोखरा विमानस्थल विदेश जाने श्रमिकका लागि डेडिकेटेड गरौँ, चलेन भनेर चिन्ता लिनै पर्दैन’

लोकपथ
217
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले फेब्रुअरी ३ देखि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र थाइ एशियाले उडान सुरु गर्ने बताएका छन् । 

मंगलबारको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।  उनले भैरहवाबाट अहिले पनि नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेको बताए । 

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले पहल गरिरहेको बताए । विमान उडान सञ्चालन देशको जिडिपीसँग जोडिएको हुने भन्दै स्वेच्छिक राखेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा अन्य विमानस्थलमा जानेको संख्या कम हुने बताए ।

विदेश जानेहरुका लागि ५ सय मिटरभित्रै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढ्नसके भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने बताए । महानिर्देशक अधिकारीले अन्तर्राष्ट्रिय व्यापारमा जबरजस्ती किन गरेको भन्ने प्रश्नको जवाफ आफूसँग पनि नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?