काठमाडौं । पूर्व उपप्रधान एवं गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेको पेसी जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ ।
आज सुप्रिम सहकारी ठगी प्रकरणको मुद्दाको बयानका लागि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका हुन् ।
त्यससँगै लामिछानेको मुद्दामा बयान र थुनछेक बहस न्यायाधीश योगीकै इजलासमा हुनेछ । लामिछानेसहितका व्यक्तिविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
त्यस्तै उक्त मुद्दामा आज सरकारी वकिलले बयान गर्नेछन् ।
त्यसो त यसअघि अन्य दुई अदालतबाट लामिछाने धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कास्की र जिल्ला अदालत काठमाडौंले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश आदेश दिइसकेको छ । कास्की अदालतले ६५ लाख र कास्की अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया