मकवानपुर । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती गाउँपालिका–३ घट्टेडाँडा बस्ने ५५ वर्षीय आइते सिंह बम्जन रहेका छन् ।
बम्जनले ११ वर्षीया बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी शिवराईगाउँबाट खटिएको प्रहरीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया