भोलि रविको थुनछेक बहस, आज परिवारको जिम्मा लगाइयो

लोकपथ
112
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस बिहीबार (भोलि) हुनेछ ।

आज जिल्ला अदालत रुपन्देहीमा बहस सकिएसँगै भोलि थुनछेक बहस हुने भएको हो ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि लामिछाने आज आफैँ जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बयान भएको थियो । आज सरकारी पक्ष र रविको बयान सकिएसँगै परिवार र कानुन व्यवसायीको जिम्मा लगाइएको हो ।

भोलि बिहान १० बजे अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको हो ।

सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

त्यसो त यसअघि कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । त्यस्तै चितवन र पर्सामा समेत सहकारी ठगीको मुद्दा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?