काठमाडौं । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदैछ । हिजो जिल्ला अदालत रुपन्देहीमा बहस सकिएसँगै आजदेखि थुनछेक बहस हुने भएको हो ।
हिजो सरकारी पक्ष र रविको बयान सकिएसँगै लामिछानेलाई आज बिहान १० बजे अदालतमा उपस्थित हुने गरी परिवारको जिम्मा लगाइएको थियो ।
सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
त्यसो त यसअघि कास्की जिल्ला अदालतले ६५ लाख र काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ । त्यस्तै चितवन र पर्सामा समेत सहकारी ठगीको मुद्दा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया