काठमाडौं । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी संघ र नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया