काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । जसमध्ये चार जना नेपाली रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा लछिराम पासी, इम्तियाज अली, बाबु खान र हिमु विश्वकर्मा रहेको छन् ।
महाराष्ट्रको जलगाउँ जिल्लाको पाचोरा क्षेत्रमा दुर्घटना भएको हो । केही घाइतेहरूको अवस्था गम्भीर रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया