गौशलाको पिङ्गलास्थानमा खुल्यो चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस’

लोकपथ
273
Shares

काठमाडौं । केएमसी ग्रुपका संस्थापकहरुको लगानीमा नेपालमा अमेरिकी ब्राण्डसँग सहकार्य गरी चारतारे होटल ‘बेस्ट वेस्टर्न प्लस काठमाडौं’ सञ्चालनमा आएको छ । माघ ९ गते बुधबारबाट काठमाडौंको गौशलास्थित पिङ्गलास्थानमा होटल सञ्चालनमा आएको हो ।

अतिथिहरुका लागि दुई उत्कृष्ट रेस्टुरेन्ट र रुफ टफबारबाट काठमाडौंको मनोरम दृष्यसहित स्वादिष्ट भोजनको व्यवस्था रहेको सञ्चालक समितिले जनाएको छ । त्यस्तै २ विशाल कार्यक्रम हलहरुको समेत व्यवस्थापन गरिएको छ, जसमा १२५० भन्दा बढीको सहभागिता रहन सक्छ । त्यसको साथै त्यहाँ फिटनेस सेन्टर, शान्त स्पा र ताजा अनुभूतिको लागि बाहिरी स्विमिङ पुल समेत रहेको छ ।

कुल ७ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा ८४ वटा आरामदायी कोठाहरु रहेका छन्, जसमा ४ स्वीट रुपम, ७ प्रिमियम रुम, १२ सुपर डिलक्स रुम र ६१ डिलक्स रुम रहेका छन् । साथै एकैपटक १४० जनालाई सेवा दिन मिल्ने गरी सनराइज क्याफे र १४० क्षमताको ला–भिस्टा रुफटप रेस्टुरेन्ट रहेको छ ।

पब्लिक लिमिटेड कम्पनी अन्तर्गतको यस परियोजनाको कुल लागत १ दशमलव ५ अर्ब नेपाली रुपैँया रहेको रहेको छ । साथै साथै त्यसमा सर्वसाधारणको समेत लगानी रहने गरी आईपीओ निष्काशन गर्ने योजना समेत रहेका सञ्चालकहरुले जनाएका छन् ।

बेस्ट वेस्टर्न होटल्स एण्ड रिसोर्टस एक विश्वव्यापी होटल सञ्जाल हो । बेस्ट वेस्टर्नको १९ किसिमका ब्राण्डहरुले १०० भन्दा बढी देशहरुमा ४८ सय भन्दा बढी होटल तथा रिसोर्टहरु रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय मिटरको दूरीमा रहेको र धार्मिक पर्यटकहरुको भीडभाड हुने विश्वका हिन्दूहरुको पवित्र स्थल पशुपतिनाथ नजिकै रहेका कारण पर्यटन व्यवसायका क्षेत्रमा नयाँ आयाम सिर्जना गर्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?