थुनछेक बहसका लागि जिल्ला अदालत रुपन्देही पुगे रवि

लोकपथ
56
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देही पुगेका छन् ।

लामिछाने केही बेरअघि जिल्ला अदालतमा आफ्ना कानुन व्यवसायीसहित पुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने बयानका लागि बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हिजो बयान सकिएको थियो । लामिछानेलाई आज उपस्थित हुने सर्तमा हिजो इजलासले परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको थियो ।

सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा रविसहित २२ जना विरुद्ध मुद्दा दायर भएको छ ।

लामिछानेले यसअघि नै जिल्ला अदालत कास्की र जिल्ला अदालत काठमाडौंबाट धरौटीमा रिहा भएका थिए । कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटीमा रिहा भएका रविमाथि बुटवल बाहेक अझै २ वटा अदालतमा मुद्दा बाँकी नै रहेका छन् । रुपन्देही अदालबाट आदेश आएपछि पुनः चितवन र पर्सामा समेत उनले मुद्दाको फेस गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?