जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’

लोकपथ
21
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद गर्ने घोषणा गरेका छन् । जलवायु परिवर्तनको मुद्दा उठाउन सगरमाथा संवादको आवश्यक रहेको भन्दै सरकारले सगरमाथा संवाद आयोजना गर्ने तयारी थालेको हो । 

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तन र यसले पर्वतीय क्षेत्रमा पारेको असरबारे विश्व जगतलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ सुरु गरेको बताए । 

गत मंगलबार सिंहदरबारमा एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका थिए । वनमन्त्री ठकुरीले कार्बन उत्सर्जनमा न्यून भूमिका खेलेका नेपाल जस्ता पर्वतीय मुलुकहरूले सामना गर्नुपरेको जलवायुको असर, जलवायु कार्य गर्नको लागि आवश्यक पर्ने वित्त र प्रविधि हस्तान्तरणको विषयमा विश्व समुदायलाई जानकारी गराउनु संवादको मूल उद्देश्य रहेको बताए । 

उनले संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (युएनएफसिसी) को वार्षिक क्यालेण्डर कार्यान्वयन र उसले गर्ने गतिविधिहरुमा नेपालजस्ता पर्वतीय देशहरुका एजेन्डा स्थापित गर्न नेपाल लागिपरेको बताए । उनले सगरमाथा संवादले जलवायु परिवर्तनको कारण नेपाल र नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने मन्त्री ठकुरीको विश्वास छ । 

सम्मेलनमा जलवायु परिवर्तनको असर कम गर्न सहकार्य गर्दै आएका राष्ट्रहरूका सरकार प्रमुख तथा मन्त्रिहुलाई आमन्त्रण गरिने मन्त्री शाहीले बताए ।  उनले संवादमार्फत नेपालका सबै परिस्थितिहरूको बारेमा छलफल गर्दै अन्तर्राष्ट्रियता पुर्‍याउने संवादको मुख्य उद्देश्य रहेको बताए । 

उनले सरकारले सगरमाथा संवाद गर्ने निर्णय कोरोना भाइरस संक्रमण फैलिनुभन्दा पहिले नै गरेको भए पनि विभिन्न समस्याको कारण गर्न नसकेको बताए । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परराष्ट्र मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको संयुक्त प्रयासले सगरमाथा संवादको शुभारम्भ भएको बताए । संवादको गृहकार्यको लागि सरकारले परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको संयोजकत्वमा निर्देशन समिति समेत गठन गरेको उनले बताए । उनले संवादमा पर्वतीय क्षेत्रमा सहकार्य गर्ने तथा दौत्य सम्बन्ध कायम भएका सबै मुलुकहरूलाई आमन्त्रित गरिने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?