इजरायली शहरको नाम नै फेरेर किन राखियो ‘ट्रम्प वान’ ?

लोकपथ
126
Shares

काठमाडौं । द्वन्द्धरत देश इजरायलको माले अदुमिमस्थित एक क्षेत्रको महत्वपूर्ण भागको नाममा नै परिवर्तन गरेर ‘ट्रम्प वान’ (ट्रम्प–१) राखिएको छ ।

बुधबार त्यहाँका मेयर गाइ यिफ्राचले सो क्षेत्रको नाम नै परिवर्तन गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट पुनर्नामाकरण गरेका हुन् ।

उनले जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसरका रुपमा सो क्षेत्रको नाम परिवर्तन गरिएको जनाएका छन् ।

‘ट्रम्पको दोस्रो कार्यकाल विशेष गरी जुडिया र सामरियामा यहुदी समुदायलाई बलियो बनाउने एउटा अनौठो अवसर हो,’ मेयर गाइ यिफ्राचले भनेका छन्, ‘हामी ट्रम्पलाई विश्वास गर्छौं र उहाँले आगामी महिनामा यस क्षेत्रमा निर्माण कार्यलाई बढाउनु हुने विश्वास छ ।’

पहिले ई–१ वा मेभासेरेट अदुमिम भनेर चिनिने माले अदुमिमको नगरपालिका सीमाभित्र पर्दछ र क्षेत्र सी अन्तर्गत छ । त्यहाँ इजरायलसँग प्रशासनिक र सुरक्षा अधिकार छ ।

आवास सङ्कटलाई कम गर्न तीन हजार घरका लागि बनाइएका योजनाहरू बाइडन प्रशासन लगायत अन्तर्राष्ट्रिय विरोधद्वारा अवरुद्ध भएका छन् ।

मेयर यिफ्राचले टी–१ लाई ‘रणनीतिक सम्पत्ति’ का रूपमा वर्णन गरे साथै उनले इजरायली नेताहरूलाई माले अदुमिम र जेरुसलेम बीच भौगोलिक निरन्तरता स्थापित गर्न आह्वान गरे ।

इजरायल र प्यालेस्टाइनी सम्झौताअनुसार इजरायलले क्षेत्र सी वर्गीकृत क्षेत्रमा पूर्ण प्रशासनिक र सुरक्षा नियन्त्रण राख्दछ ।

ट्रम्पको नाममा पहिले पनि ‘गोलन समुदाय’ राखिएको थियो । ट्रम्पले गोलन हाइट्समा इजरायली सार्वभौमिकता स्वीकार गरेपछि इजरायलले नयाँ समुदायको नाम रामत ट्रम्प राखेर राष्ट्रपतिलाई सम्मान गरेको थियो ।

इजरायली नेताहरूले बाइडन प्रशासनद्वारा लगाइएका प्रतिबन्धहरू फिर्ता गर्ने कार्यादेशहरूको प्रशंसा गरेका छन् । तिनमा प्यालेस्टिनीविरुद्ध हिंसाको आरोपमा जुडिया र सामरियाका बासिन्दाहरूमाथिका प्रतिबन्धहरू, संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी युएनआरडब्लुएलाई कोष बन्द गर्ने र अन्तर्राष्ट्रिय अपराध अदालतका पदाधिकारीहरूमाथि पुनः प्रतिबन्ध लगाउने समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?