सुप्रिम सहकारी ठगी : आज सकिएन रविबारे बहस, भोलि पुनः उपस्थित हुने

लोकपथ
91
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस आजका लागि स्थगित भएको छ । आज जिल्ला अदालत रुपन्देहीमा बहस नसकिएपछि शुक्रबारसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

आज बहस नसकिएपछि भोली पुनः जिल्ला अदालत रुपन्देहीमा बहस हुनेछ । सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने बुधबार अदालतमा उपस्थित भएका थिए । आजबाट उक्त मुद्दामा बहस सुरु भएको हो । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस भइरहेको हो ।

आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको हो । आज सरकारी वकिलहरुले थुनछेक बहस गरेका थिए । साथै सरकारी वकिलको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

बुधबार पनि परिवारका जिम्मा लगाइएका लामिछानेलाई आज पनि भोलि पुनः अदालतमा उपस्थित हुने सर्तमा आज पुनः परिवारको जिम्मा लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?