एमालेलाई हृदयेशको सुझाव : बहुमत चाहिए आधा/आधा सिट बाँडेर निर्वाचन लड्नुस् 

लोकपथ
805
Shares

काठमाडौं । नेता हृदयेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेलाई आधा/आधा सिट बाँडेर निर्वाचन लड्न सुझाव दिएका छन् । 

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४औँ पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले दुई दलीय व्यवस्था र बहुमत चाहिएको भए आधा/आधा सिट बाँडेर लड्दा बहुमत आउने बताए । उनले आन्दोलन गर्दा सात दल चाहिने तर अहिले दुई दलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको बताए ।

कांग्रेस र एमालेले लोकप्रियता हासिल गरेको भए जनताले गत निर्वाचनमै बहुमत दिने बताए । आफ्नो अकर्मण्यताको दोष प्रणालीलाई दिन नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?