काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नवीनतम डिजिटल बैकिङ मार्फत लामो समयदेखी आफ्ना ग्राहकलाई सुरक्षित बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
आफ्नो डिजिटल बैकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ विकास बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत सिधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लेटफर्महरु मार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने 3D Secure ई–कमर्श सेवाको सुरुवात गरेको छ ।
उक्त सेवा सुचारु गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरुले विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा ई–कमर्श सुविधा सुचारु गर्न सक्नेछन्
अनलाइन मार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिष्टर गरिएको मोबाइल नम्बरमा OTP जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास बैंकको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया