बीवाईडीको नयाँ मोडल सिलायन–७ भारतको मोबिलिटी ग्लोबल एक्सपो–२०२५ मा अनवरण

लोकपथ
63
Shares

काठमाडौं । बीवाईडीले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा नयाँ इलेक्ट्रिक मोडेल सिलायन ७ आधिकारिक रुपमा अनावरण गरेको छ ।

जसले विद्युतीय सवारीसाधनको लाइनअपमा एक प्रमुख कदमका रुपमा चिह्न लगाउँदछ । प्रवद्र्धनात्मक बुकिङ अफर अन्तर्गत फेब्रुअरी १७, २०२५ सम्म उपलब्ध विशेष लाभहरू सहित सबै इलेक्ट्रिक एसयूभीका लागि बुकिङ सुरु भएको छ ।

सिलायन–७ मा ८२.५६ केड्ब्ल्यू एच ब्लेड ब्याट्रीद्वारा सञ्चालित छ, जसले परिस्कृत सुरक्षा र प्रदर्शनको लागि चेसिसमा एकीकृत प्रिमियम र प्रदर्शन भेरियन्टहरुमा उपलब्ध रहेको बताइएको छ ।

बीवाईडीको सिलियन–७ को नयाँ मोडल आगामी फेब्रुअरी १७ अघि ७० हजार (भारतीय रुपैयाँ) रुपैयाँ डिपोजित गरी बुकिङ गर्न सक्नेछन् । त्यसको साथै ७ किलोवाटको निःशुल्क चार्जर र कम भोल्टेजको ब्याट्रीमा ७ वर्ष तथा १५०,००० किमि वारेन्टी पाउँन सक्छन् । त्यस्तै ब्लेड ब्याट्री समेत ८ वर्षको वारेन्टीमा पाउने बताइएको छ । त्यस्तै उक्त मोडल खरिद गर्ने ७० ग्राहकहरुले निःशुल्क डेलिभरीको सुविधा समेत पाउँछन् ।

त्यस्तै कम्पनीले उक्त नयाँ मोडलको मूल्य अर्को महिना घोषणा गर्ने र आगामी मार्चमा डेलिभरी सुरु हुने तालिका छ । चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी निर्माता कम्पनीले नयाँ दिल्लीमा चलिरहेको २०२५ भारत मोबिलिटी एक्सपोमा यस्तो घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?