काठमाडौं । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्थाभन्दा माथि उठ्न नसकेको बताएका छन् ।
मुख्य न्यायाधिवक्ता महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गर्न नसकेको बताएका हुन् ।
उनले संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेश मातहत रहने व्यवस्था गरेको भए पनि कार्यान्वयनमा आउन नसकेको बताए । उनले संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले अहिले पनि हिच्किचाइरहेको बताए ।
प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको बताए । उनले प्रमुख जिल्ला अधिकारी, निजामती प्रशासन लगायतलाई अहिले पनि संघ सरकारकै नियन्त्रणमा राखिएको बताए ।
उनले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुदले बाध्यतावश संघीयता स्वीकारेपनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट देश चलाइरहेको जिकिर गरे ।
उनले मधेस आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दाबी समेत गरे । उनले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताए । उनले संघीय निजामति ऐनले प्रदेशको निजामती ऐनलाई छुन नसक्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया