एमालेको गुनगान गाउँदै के के भने ईश्वर पोखरेलले ?

काठमाडौँ, १७ कात्तिक – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा सरकारको स्थायित्व, दिगो शान्ति र विकासका लागि वाम गठबन्धनलाई मतदान गर्न जनतालाई आग्रह गरेका छन् नेकपा (एमाले) क्षेत्र नं ५ प्रदेश (ख) को आयोजनामा भएको कार्यक्रममा महासचिव पोखरेलले देशमा आर्थिक गतिविधि गरी जनताको समृद्धिको चाहनालाई पूरा गर्न आगामी मंसिरमा हुने दुवै चुनावमा वाम गठबन्धनको साझा उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए उनले वाम गठबन्धनको औचित्य पुष्टि हुनेगरी चुनावी अभियानमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनी त्यस क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारसमेत छन् कार्यक्रममा पार्टीका पर्यटन विभाग प्रमुख सूर्य थापाले वामपन्थीको गठबन्धनलाई चौतर्फी घेराबन्दी गर्ने काम भइरहेको बताउँदै राष्ट्रको अखण्डता र जनताको स्वाभिमानलाई कायम राख्नेमा पार्टीले कसैसँग पनि सम्झौता नगर्ने प्रष्ट पारे प्रदेश (ख) का उम्मेदवार दीपक निरौला, प्रदेश (ख) का संयोजक शान्ति अधिकारी, सहसंयोजक मनिराज डंगोललगायतले एमालेले देश र जनताको पक्षमा लिएका नीति र कार्यक्रम वैज्ञानिक रहेको बताउँदै यसलाई कार्यान्वयन गर्न जनताले वाम गठबन्धनलाई जिताउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?