धरानवासीलाई एक वर्षभित्र पानी खुवाउँछौँ : मन्त्री यादव

लोकपथ
70
Shares
फाइल तस्बिर

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिबद्धता जनाएका छन्  । 

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा उनले सो प्रतिबद्धता जनाएको हाे  । उनले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिबद्धता जनाए । 

उनले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताए ।

उनले धरानवासीलाई पानी खुवाउनका लागि करिब ६ अर्ब आवश्यक रहेको भन्दै उनले त्यसका लागि आफूले एडिबीसँग बिहीबार छलफल गरेको पनि बताए ।

उनले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाए । उनले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताए । मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?