विकास,स्थायित्व र स्थिरताका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शीघ्र विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् ।  शुक्रबार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछौटेपनहरुलाई चिर्दै जाने र उपलब्धिहरूलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताए । उनले अहिलेको सरकार विकास,स्थायित्व र स्थिरताका लागि बनेको बताए ।

अघिल्लो कार्यकालमा सुरु भएका कामहरू अहिले पुनः सुरु गरिएको बताए । उनले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने बताए । देशको शीघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको बताए । प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने, देशको शीघ्र विकास गर्ने गरी सरकारले काम गरिरहेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?