काठमाडौं । मलेसियामा अवैधानिक रूपमा बस्दै आएका विदेशी श्रमिकमाथि तीव्र धरपकड भइरहेका बेला १६ नेपालीसहित १७६ विदेशीलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बंगलादेशका ७१, म्यानमारका ६०, इन्डोनेसियाका २४, पाकिस्तानका तीन र इजिप्ट र सुडानका एक–एक नागरिक रहेका छन् ।
क्वालालम्पुर अध्यागमन विभागले जालान अलोर, बुकित बिनटाङमा गरेको अपरेसनमा उनीहरू पक्राउ परेका हुन् ।
क्वालालम्पुर अध्यागमन निर्देशक वान साउपी वान युसुफले ओभरस्टे गरेको र वैध यात्रा कागजातहरू नभएको विषयमा उनीहरूमाथि अनुसन्धान भइरहेको छ । उनीहरूलाई कागजात प्रक्रिया र थप कारबाहीका लागि क्वालालम्पुर अध्यागमन विभागको मुख्यालय लागिएको छ ।
अपरेसनमा ६१ अध्यागमन अधिकारी र ३० क्वालालम्पुर सिटी हलका कर्मचारीहरू संलग्न रहेका थिए । यसले मलेसियामा अवैध रूपमा बसिरहेका नेपाली कामदारलाई पनि प्रभावित गर्ने छ । विभिन्न कारण भिसाको अवधि सकिए पनि सयौँ नेपाली स्वदेश नफर्किएर मलेसियामै कार्यरत छन् ।
यो अभियानको मुख्य उद्देश्य भनेको वैधानिक कागजात बिना मलेसियामा बसिरहेका विदेशीहरू पक्राउ गर्ने रहेको छ । नेपाली कामदारका लागि वैदेशिक रोजगारीको एक प्रमुख गन्तव्य मलेसियामा ५ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत रहेको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया