काठमाडौं । नेपालको चर्चित खाद्यकम्पनी यशोदा फूड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंको सोल्टीमोड स्थित हायात सेन्ट्रिकमा एक समारोहको आयोजना गर्दै यशोदा फुड्सले उक्त घोषणा गरेको हो ।
समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही कार्यक्रममा यशोदा फूड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले खादा र फूलको गुच्छा सहित जीपी शाहलाई ग्लोबल कार्यकारी निर्देशक रूपमा सम्मान गर्दै स्वागत गरेका थिए ।
अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोड भन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानेडा, अमेरिका, बहराइन, कूवेट, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापोर, न्यूजिल्यानड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ ।
ग्लोबल कार्यकारी निर्देशकको पदमा जीपी शाहको नियुक्ति सँगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया