बालिकामाथि यौन दुर्व्यवहार मुद्दामा मदन राई दोषी ठहर

लोकपथ
329
Shares

काठमाडौं । बालिकामाथि यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा खोटाङका मदन राई दोषी ठहर भएका छन् ।

माघ १० गते जिल्ला अदालत खोटाङले राईलाई दोषी ठहर गरेको हो । आफूलाई कृषि विज्ञ बताउने राईले खोटाङमा आफैँले खोलेको सुभद्रा मदन फाउन्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा दोषी ठहर गरेको हो ।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी सुदीप अधिकारीले जानकारी दिए । उनका अनुसार राईको सजाय निर्धारणका लागि आगामी माघ २५ गतेका लागि अर्को पेसी तोकिएको छ ।

राईले सुभद्रा मदन फाउन्डेसनमा अध्ययन गर्ने बालिका तथा किशोरीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा राईलाई प्रहरीले गत वर्ष जेठमा पक्राउ गरेको थियो । त्यसबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?