सांसद गौतमको आरोप- ‘अभियोजन लगाउने सन्दर्भमा सरकारले कानुनको दुरुपयोग गर्‍यो’

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सरकारले कानुनको दुरुपयोग गरेर  मानव अधिकार उल्लङ्घन गरिरहेको आरोप लगाएकी छन् । 

मंगलबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा बोल्दै सांसद गौतमले सरकारले थुनेर मात्र अभियोजन लगाउँदै मानव अधिकारको गम्भीर उल्लङ्घन गरिरहेको आरोप लगाएकी हुन् । 

अभियोग लगाउनुपर्ने कारण भए नथुनिकन पनि राज्यले अभियोजन लगाउन सक्ने कानुनी व्यवस्था भए पनि लामो समयसम्म थुनेर मात्र अभियोजन लगाउने प्रवृत्तिको विकास भएको बताइन् । उनले सरकारले कसैले सार्वजनिक रूपमा प्रश्न उठाउने बित्तिकै पक्राउ गरिहाल्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

उनले न्यायिक निरूपण गर्ने संस्थाले अपराधी करार गरे जसरी नागरिकलाई थुन्नु उसको मानव अधिकार र स्वतन्त्रता हनन हुने जिकिर गरिन् ।

सरकारले जनताको माग सम्बोधन गर्न नसक्दा जनताले आक्रोशित रूपमा प्रश्न गर्ने गरेको र सरकारले अभद्र व्यवहारमा मुद्दा चलाउने गरेको भन्दै विरोध जनाए । गम्भीर मुद्दाका कसुरदारबाहेकलाई थुनामा नराखी अभियोजन चलाउनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?