उपकरण अभावले सुरक्षाकर्मीलाई काम गर्न कठिन

लोकपथ
56
Shares

सुनसरी ।  जिल्लामा लागुपदार्थ सेवन (लापसे) र मादक पदार्थ सेवन (मापसे) गरे नगरेको पत्ता लगाउन उपकरण अभावमा  सुरक्षाकर्मीलाई काम गर्न कठिन भएको छ ।   

जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जिल्लामा लापसे र मापसे गर्नेलाई कारबाही गर्न राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, ट्राफिक प्रहरी र प्रहरी अस्पतालका  स्वास्थ्यकर्मीसहितको टोलीले नियमित चाँज गरिरहेको बताए। 

आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्म मापसे गरी सवारीसाधन चलाउने सात सय ३२ जना र लापसे गरी सवारीसाधन चलाउने ४३ जनालाई कारबाही गरिएको उनले जानकारी दिए ।

सो अवधिमा लापसे र मापसे गरी सवारीसाधन चलाउँदा नौ सवारी दुर्घटना भएका थिए । ‘अधिकांशले भारतीय सीमा क्षेत्रमा गएर लापसे र मापसे गर्ने गरेको पाइएको छ, ‘प्रहरी उपरीक्षक तिमल्सिनाले भने। उनका अनुसार सो अवधिमा लापसे र मापसे गरेका व्यक्तिबाट चार लाखभन्दा बढी राजस्व असुली गरिएको छ । ‘लापसे र मापसे गर्नेलाई निरुत्साहित गर्न सचेतना अभियान चलाएका छौँ,‘ उनले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?