अध्यक्ष नेपाल भने–‘जनताले वर्तमान सरकारको विकल्प खोजिरहेका छन्’

लोकपथ
49
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले परिणाममुखी काम गर्न नसकेको टिप्पणी गरेका छन् । 

मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान सरकारले जनतामा कुनै आशा जगाउन नसकेको बताएका छन्  । 

वर्तमान सरकार गफमा निकै अगाडि र परिणाममा निकै पछाडि रहेको उनको भनाइ छ । मुलुकको विकासका लागि देशको परिवेशलाई सुहाउँदो प्रणाली अवलम्वन गर्न जरुरी रहेको बताउँदै उनले त्यो प्रणाली समाजवादी क्रान्ती नै भएको जिकिर गरे । उनले जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए । 

प्रतिपक्षमा रहेका अन्य राजनीतिक पार्टीहरूलाई समेत समाजवादी मोर्चामा जोड्दै जानुपर्ने बताए । उनले समाजवादी मोर्चा समाजवादी विचारको आधारमा निर्माण गरिएको उल्लेख गर्दै सबै मिलेर मोर्चाको औचित्य पुष्टि गर्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?