‘मुलुकलाई निकास दिन नेपाली विशेषतामा आधारित समाजवाद आवश्यक’

लोकपथ
21
Shares

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले मुलुकलाई निकास दिनको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताएका छन् । 

मंगलबार समाजवादी मोर्चा नेपालले काठमाडौंमा आयोजना गरेको विचार सभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो बताएका हुन् । 

उनले नेपाललाई पुँजीवाद र दलालवादबाट अन्त्य गर्नको लागि नेपाली विशेषतामा आधारित समाजवादको आवश्यकता रहेको बताए । उनले नेपाली विशेषतामा आधारित समाजवाद ल्याउन सके मात्रै मुलुकमा राजनीतिक स्थायित्व दिन र मुलुकको साशकीय स्वरुप परिवर्तन समाजवादबाट मात्र हुने उनको जिकिर छ ।

मुलुकमा अझै पनि एक प्रकारको उकुसमुकुस र अशान्ती कायमै रहेको उल्लेख गर्दै उहाँले समाजवादी मोर्चाको गठनसँगै जनतामा आशा पलाउन थालेको बताए ।  समाजवादी मोर्चालाई अझै सक्रिय बनाउन सबै दलहरू एक भएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?