भारतको कुम्भ मेलामा भागदौड, १५ जनाको मृत्यु

लोकपथ
651
Shares

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिएको छ । भागदौडमा कयौँ व्यक्ति हताहत भएको आशंका गरिएको छ ।

मौनी अमावस्यामा अमृत स्नान गर्न संगम किनारामा बुधबार बिहान १ :३० बजेदेखि भक्तजनको भीड लागेको थियो । सोही भीडका कारण भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । 

भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन । भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ ।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्यमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?