बल्खु तरकारी बजारमा खाद्यको विषादी परीक्षण, २० प्रतिशत विषादी

लोकपथ
105
Shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ । विभागको दक्ष जनशक्तिमार्फत ९ प्रकारका तरकारी नमुना लिएर विषादी परीक्षण गरेको हो । 

परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । विभागका विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमुनाहरूको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताए । उनले उक्त परीक्षणको नतिजा ठिक रहेको बताए । उनले परीक्षण गरिएको सबै तरकारी खान मिल्ने रहेको बताए ।

उनले न्यूनतम २ प्रतिशतदेखि अधिकतम २७ प्रतिशतसम्म ‘इन्जाइम इन्हिभिसन’ पाइएको बताए । उनले इन्जाइम इन्हिभिसन ३५ प्रतिशत भन्दा कम भएकालाई खान योग्य मानिन्छ ।

उनले ३५ देखि ४५ प्रतिशत इन्जाइम इन्हिभिसन भएकोलाई क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गर्ने र ४५ प्रतिशतभन्दा बढी आए अस्वीकृत गरी नष्ट गरिने प्रावधान रहेको पनि बताए । उनले बल्खु तरकारी बजारमा विभिन्न २० जिल्ला काठमाडौं,भक्तपुर,ललितपुर,काभ्रेपलान्चोक,नुवाकोट,रामेछाप,सर्लाही,धनुषा लगायतबाट आएका तरकारीहरुको नमुना संकलन गरेर परीक्षण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?