‘स्टन्टबाजी’बाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ : प्रधानमन्त्री ओली

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन् ।  बुधवारबाट काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने उल्लेख गरे । उनले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताए ।

उनले आफ्नो श्रीमती राधिका शाक्यको नाममा स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?