अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार कार्की पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भई काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की रहेका छन् । बेरोजगार युवायुवतीलाई आकर्षक तलबमा अमेरिका पठाउने भन्दै तीन जनाबाट एक करोड रुपैयाँ लिएर ठगी गरेको आरोप उनीमाथि छ ।

पक्राउ परेका कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?