प्रधानमन्त्रीसमक्ष स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रस्तुत

लोकपथ
91
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रस्तुत गरेका छन्  ।

मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहको नेतृत्वमा तयार पारिएको  कार्ययोजनासहितको प्रतिवेदन स्वास्थ्य मन्त्री पौडेलले आज प्रधानमन्त्रीसमक्ष बुझाएको हो ।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत स्वास्थ्य बीमामा सुधार सम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार गर्दै  पाँच लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । प्रधानमन्त्रीसमक्ष पेस भएको प्रतिवेदनमा पनि स्वास्थ्य बीमा रकम पाँच लाखसम्म पुर्‍याउन सकिने आधार समावेश छन् ।

मन्त्रिपरिषद्बाट निर्णय भएमा संसद्को आगामी अधिवेशनमार्फत स्वास्थ्य बीमा ऐन संशोधनको प्रक्रिया अघि बढाउने मन्त्रालयको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?