काठमाडौं । नेपाली कांग्रेसको लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन्।
आयोजक महाधिवेशन निर्देशन समितिले आज शहीद दिवस पनि परेकाले ट्रफी एक कार्यक्रमका बीच शहीद गेटमा अनावरण गरिएको हो ।
त्यसअघि काठमाडौंको तीनकुने हुँदै दशरथ रंगशालासम्म बृहत मोटरसाइकल र्याली समेत गरिएको थियो । नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतको संयोजकत्वमा गरिएको बृहत मोटरसाइकल र्यालीमा उपत्यकाका तीन वटै जिल्लाहरुबाट सहभागिता रहेको थियो ।
नेता बस्नेतको संयोजनमा हजारौँ मोटरसाइकलहरु तीनकुने–एयरपोर्ट–गौशाला–रातोपुल–कमलपोखरी–दरबारमार्ग हुँदै शहीदगेट पुगेको थियो ।
शहीदगेट पुगेर नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको संयोजक समेत रहेका सांसद मोहनबहादुर बस्नतले ट्रफी अनावरण गरेका थिए ।
ट्रफी अनावरण र बृहत मोटरसाइकल र्याली समापनपछि सबैलाई धन्यवाद ज्ञापन गर्दै र्याली संयोजक रहेका नेपाली कांग्रेसका युवा नेता शुभराम बस्नेतले सानो सूचनाको आधारमा हजारौँ युवाहरुको साथ पाएको बताए ।
सभापति कप भोलि समापन हुँदैछ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया