विराटनगर, १७ कात्तिक – मोरङ ६ नं क्षेत्रको प्रदेशसभा खबाट राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका मोहम्मद नसरुलविरुद्ध आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ सो पार्टीका आधिकारिक उम्मेदवार नसरुल नभई आफू भएको जनाउँदै यदुवंश साहले उजुरी दर्ता गराएका हुन् । कार्यालयले शनिबार बिहान १० बजे प्रमाणसहित कार्यालयमा उपस्थित हुन दुवै पक्षलाई आदेश जारी गरेको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ । मोरङम प्रतिनिधिसभा र प्रदेशसभा गरी १९४ जनाले उम्मेदवारी दर्ता गराएकामा एक उम्मेदवारमाथि मात्र उजुरी परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया