सीतादेवीले छोरालाई उम्मेदवार बनाएपछि सिरहा कांग्रेसमा किचलो

सिरहा, १८ कात्तिक- नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव र केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्नै छोरालाई आसन्न प्रदेशसभाका लागि उम्मेदवार बनाएका छन्। नेताहरुले ‘पुत्रमोह’ देखाएपछि नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन्पूर्व शान्तिमन्त्री समेत भइसकेकी कोषाध्यक्ष यादवले छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा निर्वाचन क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेशसभाका लािग उम्मेदवार बनाएकी हुन्एमडी गरेका छोरा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सिरहा नगरपालिकाको मेयर पदका उम्मेदवार थिएतर उनी ठूलो मतान्तरले पराजित भएका थिए। प्रदेश सभाका लागि कांग्रेस क्षेत्रीय सभापति संजयप्रकाश यादव वा जिल्ला सचिव उपेन्द्र यादवले टिकट पाउने चर्चा लगेको थियो। तर, कोषाध्यक्ष यादवले छोराकै नाम दर्ता गराएकी हुन्यस्तै कांग्रेस केन्द्रीय सदस्य पदमनारायण चौधरीले आफ्ना छोरा संतोष चौधरीलाई सिरहा निर्वाचन क्षेत्र नम्बर १ को (क) बाट प्रदेशसभाका लागि उम्मेदवार बनाएका छन्, अन्नपूर्णमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?