यस्तो छ ‘लाज शरणम्’ का लागि बालेनले गाएको र्‍याप गीत (भिडियोसहित)

लोकपथ
154
Shares

काठमाडौं । आगामी फागुन १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाज शरणम्’ का लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले गाएको गीत सार्वजनिक भएको छ ।

सोमबार बालेनले आफ्नो आधिकारिक यूट्यूब च्यानल ‘बालेन’ बाट ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’ बोलको र्‍याप गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा मेयर बालेनको शब्द, संगीत तथा स्वर रहेको छ । बालेनले आफ्नो देशको चरम बेथिती र विसंगतीमाथि र्‍यापमार्फत ब्यंग्य गरेका छन् ।

उक्त र्‍यापमा वैदेशिक रोजगारीले पारेको असरबारे प्रकाश पारिएको छ साथै सरकारमाथि कडा ब्यंग्य कसिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?