काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज (बिहीबार) नेपाल र लेबनान भिड्दै छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे लेबनन र नेपाल बीच खेल्न हुन लागेका हो ।
दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन् । यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १-० गोलले पराजित गरेको थियो ।
लेबननले आफ्नो पहिलो खेलमा म्यानमारसँग ३-१ गोलले पराजित भएको थियो ।
नेपालले लेबननसँग दोस्रो पटक खेल्न लगेको हो। यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबननले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया