काठमाडौं, १८ कात्तिक– प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्योगी राज्यलक्ष्मी गोल्छा समेत समानुपातिक बन्दसूचिमा परेकी छिन् । उनी यसअघि एमालेको कोटामा समानुपातिक सांसद भएकी थिइन् दोस्रो संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सांसद भएपनि एमालेकै ह्विप उलंघन गर्दै आएकी थिइन् । एराप्रपाको बन्दसूचिमा राज्य लक्ष्मी खस आर्य कोटामा पहिलो नम्बरमा रहेकी छिन् । उनको नाम एराप्रपामा देखिएसँगै उनले एमाले परित्याग गरेको खुलासा भएको छ । प्रतिनिधिसभातर्फ एराप्रपाबाट १०९ जनाको बन्दसूचि बुझाइएको छ । जसमा तत्कालिन राप्रपामा हुँदा कमल थापासँग प्रतिस्पर्धा गर्ने प्रदीप विक्रम राणाको समेत नाम समेत रहेको छ । उनी राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा कमल थापासँग लडेका भएपनि भारी मतले पराजित भएका थिए । बन्दसूचिमा डा. लोहनीको नाम पनि खसआर्यबाट पहिलो नम्बरमा रहेको छ । यस्तै सातैओटै प्रदेशसभातर्फ पनि एप्रपाले बुझाएको समानुपातिक बन्दसूचि अायाेगले सार्वजनिक गरेकाे छ । सूचि हेर्नुहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया