काठमाडौं । भोलि बुधबार बेलुकी हुने चार देशीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको फाइनलको टिकट दर निर्धारण गरिएको छ ।
नेपाल र म्यानमारबीच हुने फाइनल खेलका लागि भीआईपी सिटका लागि २ हजार रुपैयाँ र साधारण सिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ ।
म्यानमार र नेपाल समूह विजेता र उपविजेता बनेर फाइनल पुगेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोली २–२ गोलमा रोकिएका थिए ।
अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)का अनुसार, लिगमा भीआईपीतर्फ १ हजार र साधारणतर्फ ५ सय रुपैयाँको टिकट दर राखिएकोमा फाइनलको टिकददर बढाइएको हो ।
फाइनल खेलका लागि पाँच वर्षभन्दा माथिको उमेरका बालबालिकालाई पनि शुल्क लाग्ने भएको छ ।
फाइनल खेल निर्धारित ९० मिनेटको समयमा बराबरीमा रोकिए ३० मिनेट अतिरिक्त समय थपिनेछ । थप समयमा पनि बराबरी भएपछि बल्ल खेल ट्राइब्रेकरमा धकेलिनेछ ।
च्याम्पियनसिपमा नेपाल, लेबनान, ताजकिस्तान र म्यानमार सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया