भद्रपुरझापा गोल्डकप : उपाधिका लागि भद्रपुर ब्लेजर्स र झापा-११ भिड्दै

लोकपथ
266
Shares

काठमाडौं । दोस्रो संस्करणको भद्रपुरझापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा–११ बीच आज मेची रंगशालामा प्रतिस्पर्धा हुँदैछ । झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो ।

बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो । 

प्रतियोगितामा स्वदेशीसहित भारत, भुटान र बंगलादेशका १० टोली सहभागी थिए । विजेता टोलीलाई १३ लाख तथा उपविजेतालाई  सात लाख नगद प्रदान गरिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?