इयुका कार र अन्य उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने ट्रम्पको निर्णय

लोकपथ
70
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले युरोपेली संघ (इयु) बाट आउने कारहरू सहितका उत्पादनहरूमा २५ प्रतिशत कर लगाउने निर्णय गरेको बताएका छन् ।

चाँडै यसको घोषणा हुने उनको भनाइ छ । कारसहित अन्य सबै कुराहरूमा २५ प्रतिशत कर लगाउने बताए । अमेरिकाको युरोपेली संघसँग करिब ३ सय अर्ब डलरको घाटा रहेको उनले बताए ।

अमेरिकासँग उनीहरूले फरक तरिकाले फाइदा उठाएको भन्दै इयुले आफ्ना उत्पादनहरू स्वीकार नगरेको आरोप लगाए ।इयुले मूलतः कृषि उत्पादनहरू स्वीकार्न नगर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?