महिला कबड्डी टोली इरान प्रस्थान

लोकपथ
161
Shares

काठमाडौं । छैटौँ एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोली आज इरानको तेहरान प्रस्थान गरेको छ ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आज आयोजित एक कार्यक्रममा  बिदाइ गरेका हुन्।

मानमति विष्टको कप्तानीमा रहेको टोलीमा जयन्ती बडू, रविना चौधरी, गङ्गा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् ।

यही  फागुन २० देखि २५ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बङ्गलादेश, थाइल्यान्ड र मलेसिया गरी सात राष्ट्र सहभागी हुने छन् ।

सहभागीलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेल खेलाइने छ । अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाको नेतृत्वमा जाने टोलीको प्रशिक्षकमा हरिना थापा र निर्णायकमा नितु गुरुङ रहेका  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?