काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले मुख्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबारदेखि देशभरि मौसम सफा छ। शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भू-भागमा मौसम बदली र वर्षाको स्थिति थियो ।
आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आकलन छ । मौसमविद डेविड ढकालकाअनुसार आज पनि बिहानैदेखि अधिकांश भू-भागहरूमा मौसम सफा छ।
दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली हुने र बाँकी भू-भागमा मुख्यतय सफा रहने पूर्वानुमान छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली रहने र बाँकी भू- भागमा मौसम सफा रहने पूर्वानुमान छ।
मौसम सुधारिएसँगै तापक्रम विस्तारै बढ्दै जाने उनले बताए । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको छ। अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहने पूर्वानुमान छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया