१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

लोकपथ
1.7k
Shares

बझाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

 पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ पक्राउ गरेको हो ।

हेमन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?