काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
आगामी चैत ४ गतेका लागि एमालेले बैठक बोलाएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा पछिल्ला घटनाक्रमबारे छलफल हुनेछ ।
त्यसका साथै बैंठकमा सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ ।
बैठक ललितपुरको च्यासलमा अवस्थित एमाले मुख्यालयमा दिउँसो १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया