टाटाको नयाँ पिकअप Yodha 1.5T सार्वजनिक

लोकपथ
609
Shares

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटाको नयाँ योद्धा वान डट फाइव टी (Yodha 1.5T)नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच टाटा मोटर्सका प्रमुख असिफ शमिमको उपस्थितिमा ‘योद्धा वान डट फाइव टी’ (Yodha 1.5T)को उद्घाटन गरिएको हो ।
‘योधा वान डट फाइव टी’ (Yodha 1.5T) कठिन भूभागमा उत्कृष्ट प्रदर्शन, उच्च भार वहन क्षमता, शक्तिशाली इन्जिन र कम सञ्चालन खर्चसहित व्यवसायीक प्रयोजनका लागि उपयुक्त पिकअप रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टाटा मोटर्सको भरपर्दो प्रविधि, उच्च ग्राउन्ड क्लियरेन्स तथा आरामदायी ड्राइभिङ्ग जस्ता विशेषताहरूले यो गाडीलाई बजारमा छुट्टै पहिचान दिलाएको छ ।

के–के छन् विशेषताहरु :

कम्पनीका अनुसार नयाँ पिकअपको एकैपटक १ दशमलव ५ टन अर्थात् १५ सय किलो बोक्न सक्ने क्षमता रहेको छ । त्यसका साथै शक्तिशाली थ्री एल (२९५६ सीसी) सहित २५० एनएम टर्कसहित डिजल इन्जिन रहेको छ । मेलालिक बम्पर र स्टाइलिस ग्रिल रहेको सार्थै ४*२ तथा ४*४ विकल्पमा उपलब्ध रहेको छ । साथै अप्ठ्यारा बाटाहरु सहजै पार गर्न सक्ने कम्पनीको दाबी रहेको छ ।

कार्यक्रममा बोल्दै टाटा मोटर्संका प्रमुख असिफ शमिमले भने, ‘हामी नेपालमा नयाँ योद्धा १.५ टन सार्वजनिक गर्दा खुशी छौं। यो गाडीले टाटा मोटर्सको नवीनता, टिकाउपन, र ग्राहक सन्तुष्टिको प्रतिबद्धता लाई प्रतिनिधित्व गर्दछ । योद्धा रेञ्ज सधैँ भरपर्दो र विश्वसनीयताको प्रतीक बनेको छ, र नयाँ योद्धा १.५ टनले यसैको विशेषताहरूलाई पछ्याउदै उन्नत प्रविधि र आधुनिक सुविधाहरू प्रदान गर्दछ । हामीलाई विश्वास छ कि यो गाडीले नेपाली ग्राहकहरूको अपेक्षा पूरा गर्नेछ र उनीहरूको व्यवसायमा उन्नति र सफलता बढाउन मद्दत गर्नेछ ।’

त्यस्तै सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले यसअघि पनि टाटाका पिकअपहरुले बजारमा अग्रस्थान ओगट्दै आएकोमा योद्धाले आफ्नो प्रभुत्व कायम गर्ने विश्वास व्यक्त गरे । साथै यसले व्यवसायीक ग्राहकहरुलाई थप फाइदा पुग्ने उनको विश्वास रहेको छ । श्रेष्ठले भने, ‘नेपालमा टाटा पिकअपहरूले निरन्तर बजारमा अग्रस्थान ओगट्दै आएका छन्। थ्यमजब ज्ञ।छत् को आगमनले व्यावसायिक ग्राहकहरूलाई अझ बढी फाइदा दिनेछ। हामी ग्राहकहरूको व्यवसाय वृद्धि र सञ्चालन सहज बनाउन आवश्यक सबै सुविधा तथा सहयोग उपलब्ध गराउन प्रतिबद्ध छौं।’

यस अवसरमा, टाटा योद्धा का पुराना ग्राहकहरूलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो। उनीहरूको अनुभवलाई भिडियोमार्फत प्रस्तुत गर्दै, योद्धाले व्यवसायमा ल्याएको सकारात्मक परिवर्तनबारे जानकारी समेत गराइएको थियो ।

साथै, नयाँ ग्राहकहरूलाई औपचारिक रूपमा साँचो हस्तान्तरण गरियो, जसले टाटा थ्यमजब ज्ञ।छत् लाई आफ्नो व्यवसायिक साझेदारका रूपमा रोजेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?