काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनको संघारमा पुगेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित मिडिया नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्था र लोकतन्त्र एक अर्काको विरोधी नभएको बताए ।
उनले वर्तमान राजनीतिमा जनताले राखेको भावनालाई राजतन्त्र रोज्ने कि प्रजातन्त्र रोज्ने भनेर सञ्चारमाध्यमहरूले भ्रम सिर्जना गरेको आरोप लगाए । उनले राजसंस्था र प्रजातन्त्र एक आपसमा परिपूरक भएको भन्दै सञ्चारमाध्यमहरूले उचित सुझाव दिएर आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताए ।
अध्यक्ष लिङदेनले प्रजातन्त्रको जननी बेलायतमा पनि सयौँ वर्षदेखि राजसंस्था कायम रहेको भन्दै नेपालमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र हिन्दु राष्ट्र कायम हुने जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया