काठमाडौं । नेपाल जेसीसले चितवनमा आगामी चैत ७ देखि १८ गतेसम्म नेपाल बिजनेस एक्स्पो २०२५ आयोजना गर्ने भएको छ । नेपालको आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित जेसीसले पहिलो पटक यस्तो एक्स्पो आयोजना गर्न लागेको हो ।
एक्स्पोमार्फत व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्ने अपेक्षा गरिएको छ। कृषि तथा औद्योगिक प्रदर्शनी र सांस्कृतिक कार्यक्रमसँगै एक्स्पोलाई औद्योगिक फ्लेभर दिन खोजेको आयोजकले जनाएको छ।
यस एक्स्पोले देशभरका युवा उद्यमीलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास जेसीसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं संयोजक गणेश सापकोटाले बताए।
उनले भने,’जेसीस नेपालले युवा उद्यमीहरूलाई समेट्दै चितवनमा जेसीआई नेपाल बिजनेस एक्स्पो आयोजना गर्दैछ। चैत ७ गतेबाट सुरु हुने यस एक्स्पोले युवा उद्यमी, व्यवसायीहरूलाई एकै स्थानमा व्यवसाय प्रवर्द्धनको मौका दिनेछ। देशभरका आन्तरिक उत्पादन प्रवर्द्धन गर्ने उद्देश्य सहित देशभरका व्यवसायीहरूलाई जोड्ने काम जसिसले पहिलो पटक गर्न लागेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया