मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नियन्त्रित लागुऔषध नाइट्राभेट ५ सय ७० ट्याब्लेटसहित दुई जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही हरिपुर नगरपालिका-२ बस्ने २६ वर्षीय राजेश तामाङ र कास्की पोखरा महानगरपालिका-१९ बस्ने २० वर्षीय निर्मल ढुङ्गेल रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले ग.१२ प ४९७८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया