इटहरीको सेन्ट्रल प्लाजामा भीषण आगलागी : केही मानिस भवनभित्रै फसेको आशंका, पाँच जनाको उद्धार

लोकपथ
2.1k
Shares

काठमाडौं । सुनसरीको इटहरीस्थित व्यापारिक भवन सेन्ट्रल प्लाजामा भइरहेको भीषण आगलागीमा केही मानिस भवनभित्रै फसेका छन् ।  आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेको बताइएको छ । 

माथिल्लो तलामा फसेकाहरूको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार माथिल्लो तलामा रहेकाहरूको संख्या यकिन भएको छैन ।

आगो निभाउन र फसेका व्यक्तिको उद्धारका लागि खटिएको सुरक्षाकर्मीको टोलीले ५ जना व्यक्तिलाई सकुशल उद्धार गरेको छ । 

आज बुधबार बिहान १०ः१५ बजे सुनसरीको इटहरी उमनपा–६ स्थित सेन्टर प्लाजाको चौथो तलाबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगलागीको खबरपश्चात् सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमान्डमा १०५ जना, नेपाली सेना, नेपाल प्रहरी र ६ वटा दमकलसहित स्थानीय बासिन्दाहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिने कार्य भइरहेको छ । 

आगलागी भइरहेको भवन सात तलाको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?